प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशले बढी हो बैंकले गत आवको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । हाल १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५३.२७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब कर्जा पवाह गरेको छ । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा १.८७ रुपैयाँ बढेर २९.११ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.८६ गुणा, खराब कर्जा १.३७ प्रतिशत, स्प्रेड दर ४.४० प्रतिशत, आधारदर ८.१२ प्रतिशत र सीसीडी रेसियो ८०.०३ प्रतिशत छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।