दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती । नवलपुरको गौंडाकोटबाट हराएका दुई दाजुभाइ मृत अवस्थामा भेटिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा भेटिएका हुन् । ​

जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि हराएका दाजुभाइको शव बुधबार साँझ करिब सात बजे भेटिएको हो । उनीहरुको शव गैँडाकोट-३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको मल्लले जानकारी दिए ।

उनका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।