पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक  पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक भएको छ । मामा भान्जा युट्युब च्यानलबाट मंगलबार ‘घर त नुवाकोट’ बोलको गीत सार्वजनिक भएको हो।

लोक दोहोरी गीतमा गायक पुरुषोतम दाहाल, मनिस सिलवालको स्वर रहेको छ भने गायिका सुमित्रा सत्याल र विन्दा सुवेदीले साथ दिएका छन् ।  कलाकार हरि कृष्ण घिमिरे र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।

यस्तै, सुमित्रा सत्यालको शब्दमा कृष्ण थापाको संगित, पुरुषोतम  दाहालको निर्देशन र विरही बस्यालको एरेन्ज रहेको  भिडियोको छायांकन  उपेन्द्र दाहालले गरेका हुन भने भिडियो सम्पादन रोशन गाहा  मगरले गरेका छन ।

दाहालको  आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्। लामो समय देखि कलाकारितामा लगेका दाहालको काठ क्षेत्रमा चल्ने भाकाहरुको  छुट्टै पहिचान छ।

पछिल्लो समय उनी गीत संगीतका साथ साथै अभिनयलाई समेत निरन्तरता दिइरहेका छ्न् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।