नुवाकोटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार मंगलबार गरिएको परीक्षणमा ३५ पुरुष र २५ महिलामा कोेरोना संक्रमण्म देखिएको हो ।

जसमा विदुर नगरपालिकामा ५२ जनामध्ये २१ महिला र ३१ जना पुरुष रहेका छन् । त्यस्तै लिखु गाउँपालिकामा २ जना महिला,पञ्चकन्या गाउँपालिकामा ३ पुरुष र १ महिला रहेका छन् । तादी गाउँपालिकामामा १ जना महिला र ककनी गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ७३ पुगेको छ जसमध्ये ४ सय १० पुरुष र एकसय ६३ महिला रहेका छन् । हालसम्म २२३ जना जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रिय संक्रमितको संख्या ३४७ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।