आज मिती २०७७ साल कार्तिक १८ गते मंगलबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १८ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–तृतीया,४७ घडी ०० पला,रातको ०१ बजेर ०५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–रोहिणी,४७ घडी ५० पला,रातको ०१ बजेर ५० मिनेट उप्रान्त मृगशिरा । योग–परिध । करण–वणिज,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ०५ मिनेट उप्रान्त बव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २७ घडी २९ पला ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहाद्र्धपूर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि विदेशमा उत्पादित सामानको व्यापार फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जीबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, खाद्यान्न तथा औषधीजन्य सामानको व्यावसायमा लगानि गरि राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनि गरि राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रसस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा साथिभाई तथा आफन्तको सहयोग हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । चेलि माईती बीचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सन्तान तथा अनुयायीको माध्यामबाट काम बन्नेछ भने बंश वृद्धिको योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आउदा आउदै पनि काममा समय दिनुपर्ने हुनसक्छ । श्रम गरेपनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । आफन्त तथा आग्रसँग मनमुटाब बढ्नेछ । तरपनि दैनिक उपभोग्य तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईँको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको वातावरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्का बीच आत्मियताको भाव झल्कनेछ । अध्ययनमा मन जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।