मौसम पूर्वानुमान : कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अहिले प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १७ गते (सोमबार)

दिउँसो : प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

कार्तिक १८ गते (मंगलबार)
दिउँसो : देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुमा १/२ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : देशभर पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक १९ गते (वुधबार)
दिउँसो : देशभर पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।