सारथी लघुवित्तको २३ लाख ५३ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सूचीकृत भएको छ ।

साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा मर्ज भई कायम हुन आएको प्रति शेयर १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य दरको २३ करोड ५३ लाख ८२ हजार १०० रुपैयाँ बराबरको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर आइतबार सूचीकृत भएको हो ।

धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा आइतबार सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार हुनसक्ने गरी सूचीकरण भएसँगै कार्तिक १७ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको नियमित कारोबार सुचारु हुनेछ ।

दुई लघुवित्तबीच मर्जर भई एकीकृत कारोबारका लागि नेप्सेले एसएनएलबि  (SNLB) कारोबार संकेत प्रदान गरेको छ । लघुवित्तको अब यसै कारोबार सिम्बोलमा सोमबारदेखि नेप्सेमा कारोबार हुनेछ ।

नेप्सेले सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको (साविकको नयाँ नेपाल लघुवित्त) को मर्जर प्रयोजनका लागि रोक्का भएको धितोपत्रको कारोबार फुकुवा गरिएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।