बिना धरौटी कोरोना संक्रमितको उपचार गर्नू : स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी रकम नलिन उपचार गर्न निर्देशन दिएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् ।

धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए। उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए।

सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेको छ।

थप सामग्रीः

सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि तोकियो चर्को शुल्क

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।