सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको हो ।

सुनको मूल्य पाँच सय बढेसँगै तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्यसमेत तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।