भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत कात्तिक ८ गते सार्वजनिक गरिएको भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज हुने भएको छ।

भिटेनले शनिबार एक विज्ञप्ति जारी गर्दै कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको भन्ने गुनासो आएको कारण सो गीत आधिकारिक च्यानलबाट हटाइएको बताउदै गीत संशोधनपछि पुनः प्रकाशित गर्ने समेत बताएका छन् ।

विज्ञप्तिमा भिटेनले गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग माफी मागेका छन्।

यसका साथै पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ। प्रहरीले भिटेनमाथि कारवाही गर्ने तयारी गरेपछि उक्त गीत कार्तिक १३ गते आधिकारिक च्यानलबाट हटाइएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।