सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन्।
 
शुक्रबार गोदावरी नगरपालिका-१ स्थित निवासमा प्रेस सङ्‍गठन नेपालसँग आबद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई चाँडै अगाडि बढाउने बताएका हुन्।

सुक्खा बन्दगाहका लागि मन्त्रालयको प्राविधिक टोलीले यही कात्तिक १६ गतेदेखि काम सुरु गर्ने जनाउँदै उनले दैजीमा औद्योगिक क्षेत्र शिलान्यासको तयारी भइरहेको बताए।

मन्त्री भट्टले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र, गोदावरी नदीको पश्चिम क्षेत्रमा औद्योगिक करिडोर र लम्की चुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणको तयारीका लागि पनि अध्ययन सुरु गरिएको जानकारी दिए।

बैतडीमा फलाम खानी, दिपायल-खुटिया मार्ग, कैलालीको चौकीडाँडा-फल्टुडे पक्की सडक निर्माणको कार्य अघि बढाइने उनको भनाइ छ। मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने पनि बताए। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।