कमल थापा भन्छन् : नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

यस्तो हुनुको पछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यता र गलत नीति रहेको बताएका छन्।

शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्,“सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।”

साथै थापाले भारत र चीनसँगको नेपालको सम्बन्ध सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार भएको समेत बताएका छन् ।

“भारत र चिनसंगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो, उनले भने ।

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमा नै सचेत बन्न आग्रह समेत गरेका छन् । “देशको स्वतन्त्रतारअस्तित्ववारे समयमै सचेत बनौं” उनले भने ।

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएपछि राप्रपा अध्यक्ष थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।