पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३५ जना रहेका छन्।

योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन्।संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।