अफगानिस्तानमा शिक्षालयकाे ढोकामा आत्मघाती विस्फोट, कम्तीमा १८ विद्यार्थीकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अफगानिस्तास्थित एक शिक्षा संस्थानबाहिर आत्मघाती हमला हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। कैयौं घाइते भएका छन्। मृतकको संख्या बढ्ने आशंका गरिएको छ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमार्फत हमला आफूले गरेको दाबी गरेको छ।

अफगानिस्तानको गृह मन्त्रालयलका प्रवक्ता तारिक एरियनले भनेका छन्, एक आत्मघाती आक्रमणकारीले भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। तर सुरक्षाकर्मीले चिन्नेबित्तिकै उसले ढोकामै विस्फोट गरायो।

एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा धेरैजसो छात्र छन्, जो शिक्षा संस्थानभित्र प्रवेश गर्न पालो पर्खिरहेका थिए। उनले भने, ‘म त्यस ठाउँदेनि करिब सय मिटरमात्र टाढा थिएँ, ठूलो आवाजमा विस्फोट भयो।’

केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ। अधिकतर हमला तालिवान समूहले गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।