प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री कार्कीलाई कोभिड १९ सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ।

मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए। उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन्। मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ। उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरे।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेसनमा बसेका छन्। उनको स्वास्थ्यावस्था पनि सामान्य छ। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।