दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब २४ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से १२.४७ अंकले बढेर १५८२.८४ विन्दुमा पुगेको छ ।

यसदिन १८९ कम्पनीको १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७०७ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख १३ हजार ४९७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये सबै समूहको परिसूचक हरियो भएका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ७८.१२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावरले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ८ करोड ८२ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधरमा अपी पावर र जलविद्युत लगानी कक्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज पनि लगानीकर्ता हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर सेयर मूल्य बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।