संघीय सरकारका मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, प्रदेश र स्थानीय सरकारलाई पनि नलिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले यस वर्षको दशैं भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको हो ।

सोमबार बस्‍ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भए पनि प्रधानमन्त्रीको निर्देशनमा दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न लागिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

“यस वर्षको दसै खर्चवापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराइ यस रोगको नियन्त्रण र रोकथाम, उपचारमा सघाउ पुर्‍याउने निर्णय भएको छ,” मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने ।

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई पनि यस वर्षको दसैं भत्ता नलिन र कोरोना नियन्त्रण कोषमा जमा गर्न आग्रह गरेको छ ।

“प्रदेश र स्थानीय तहका पदाधिकारीहरुबाट पनि नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्म अनुसार यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने व्यवस्था हुन हार्दिक आग्रह गर्न चाहन्छु,” प्रवक्ता गुरुङले भने ।

मन्त्री गुरुङले यो वर्षको दशैं सामान्य रुपमा घर परिवारमा सीमित रही मनाउनुपर्ने बाध्यता रहेको पनि सुनाए। ‘संकटलाई मनन गरी त्यही अनुरुप सबैले गर्नुपर्ने आवश्यकता छ’, उनले भने, ‘यस पटकको दशैं सामान्य रुपमा घरपरिवारका सदस्यले मात्रै मनाउनु होला।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।