नुवाकोटमा एकैदिन थप ५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा एकैदिन ५५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४७ जना पुरुष र ८ जना महिला रहेका छन् ।   

थपिएकाहरु विदुर नगरपालिकाका ५३ जना, शिवपुरी गाउँपालिकामा एक जना र किस्पाङ गाउँपालिकाका एकजना रहेको सुचना अधिकारी उत्तमराज खनालले बताए ।

विदुर नगरपालिकाका ४६ पुरुष र ७ महिला, शिवपुरी गाउँपालिकाका एक महिला र किस्पाङ गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३०८ पुगेको छ । त्यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ७० पुगेको छ ।  निको भएर घर जानेको संख्या एक सय ३७ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।