दसैं भत्ता फिर्ता लिन संसद सचिवालयलाई भीम रावलको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले संसद सचिवालयलाई दसैं भत्ता बापतको रकम फिर्ता लिन पत्र लेखेका छन्। सांसदहरुले नियम विपरित दसैं भत्ता लिन लागेको भन्दै आलोचना भएपछि रावलले आइतबार संसद सचिवालयलाई पत्र लेखेका हुन्।

‘देश विषम परिस्थिती तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैं भत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो। निवेदन दिइरहनुपर्ने होइन,’ रावलले लेखेको पत्रमा उल्लेख छ,’ मेरो दसैं भत्ता फिर्ता हुने व्यवस्थाका लागि आग्रह गर्दछु। यदी मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमा भत्ता बराबरको मबाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुनेगरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्नु होला।’

रावलले संसद सचिवालयलाई पत्र लेखेको केही घण्टापछि दसैं भत्ता पावतको रकम संसद सचिवालयले फिर्ता हुने जानकारी दिएको जनाएका छन्। ‘दसैं भत्ता बापत मेरो खातामा पठाइएको रकम  ६४,०७० कार्तिक महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी संसद सचिवालयमा फिर्ता हुने संघीय संसदको लेखाका कर्मचारीले मलाई जानकारी गराउनु भएको छ,’ उनले ट्वीटमा भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।