नेप्से परिसूचक ५.६६ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ ।

साताको पहिलोदिन आइतबार सेयर बजार मापक सूचक नेप्से ५.६६ अंकले घटेर १५५८.८० विन्दुमा आइपुगेको छ ।

यसदिन १८७ कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार १८१रुपैयाँ बराबरको कारोबार भएको छ । ४३ लाख ५२ हजार १० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये निर्जीवन बीमा र व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३१.५८ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २९.१९ अंकले घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।