सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको अनुसार आईपीओ शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड गर्न लागेको हो ।

क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेको भन्दा ६।९५ गुणा बढी हो ।
कम्पनीले  असोज २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।