काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा प्रतितोला चाँदीको मूल्य १० रुपैंयाले बढेर १ हजार २४५ रुपैंया पुगेको छ । आइतबार प्रतितोला चाँदी १ हजार २३५ रुपैंयामा किनबेच भएको थियो ।
महासंघका अनुसार सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९५ हजार ६०० रुपैंया निर्धारण भएको छ । त्यसैगरि प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैंया कायम भएको छ । आइतबार पनि प्रतितोला छापाल सुन ९५ हजार ६०० रुपैंया र प्रतितोला तेजावी सुन ९५ हजार १०० रुपैंयामा किनबेच भएको थियो ।
गत शुक्रबार ९०० रुपैंयाले बढेको सुनको मूल्य आइतबार पनि ८०० रुपैंयाले बढेको थियो । सोमबार भने सुनको मूल्यमा कुनै परिवर्तन नआएको हो ।
Comment