तरूण दल धादिङका उपसभापति गुण्डा नाइके ‘राधे’ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन्

जनप्रतिनिधिलाई धम्क्याएको अभियोगमा गुण्डानाईके भनेर चिनिने राधे भण्डारी पक्राउ परेका हुन् ।

उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।

धादिङको सिद्धलेक गाउँपालिकामा क्रसर सञ्चालन गर्दै आएका भण्डारीले त्यहाँका जनप्रतिधिलाई धम्की दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको बालुवा निकाल्ने ठेक्काको म्याद सकिएकाले उनलाई अवैध रुपमा बालुवा ननिकाल्न स्थानीय प्रशासनले बालुवा रोक लगाएको थियो । प्रहरीका अनुसार उनको क्रसर पनि बन्द गराइएको छ ।

विभिन्न घटनामा संलग्नता रहेको भण्डारी नेपाली कांग्रेस भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।