कोरोना भन्दा भोक प्यारो: दुई महिनामा ५ हजार नेपाली बैदेशिक रोजगारमा जान बाध्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । कोरोना भाइरसको महामारीमा पनि नेपाली कामदारहरु बैदेशिक रोजगारमा जान बाध्य भएका छन् । यो महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कि रहेका पनि छन् । त्यसको विपरीत महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि सरकारले अब नेपालमा रोजगारी सिर्जना गर्ने भनेको छ । तर, त्यस सम्बन्धमा उचित कार्यायोजना नहुदाँ नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ । 

बैदेशिक रोजगार बिभागका अनुसार भदौ महिनामा मात्र १५२५ जना नेपाली कामदार बैदेशिक रोजगारमा गएका छन् । त्यसमा १३२७ जना नेपाल आएर पनः बैदेशिक रोजगारीमा गएका हुन् । त्यस बाहेकमा पनि नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका हुन् । 

कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ । 

यस्तै, साउन महिनामा ३१५२ जना कामदार विदेश गएका छन् । त्यसमा ३ हजार १२ जना कामदार विदामा आएर फर्किएका छन् । त्यसबाहेका भने नयाँ श्रमस्वीकृति लिएर विदेश गएका छन् । 

जसअनुसार चाल आवमा  ४ हजार ६७७ जना नेपाली बैदेशिक रोजगारमा गएको देखिन्छ । विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।