प्रदेश ५ : दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसको विरोध, बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।

सोमबार बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

संसदमा बोल्दै उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको आरोप लगाए ।

कनौडियाले बोलिसकेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन्।

उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।