राष्ट्रपति भण्डारीद्धारा ट्रम्प दम्पतीको स्वास्थ्यलाभको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

भण्डारीले शनिबार एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड-१९) संक्रमित ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी ट्रम्पलाई पठाइएको सन्देशमा कोरोना भाइरस नियन्त्रणका लागि ठोस कदम आवश्यक हुनेमा जोड दिएकी छन्।

ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेसँगै राष्ट्रपति भण्डारीको सन्देशमा नेपाल र अमेरिका बीचको सम्बन्ध आगामी दिन अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।