कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

यूरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९४ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३०९ रुपैयाँ ५४ पैसा र खरिददर ३११ रुपैयाँ १४ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसातोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।