काँग्रेस नेता अर्जुननरसिंह केसीसहित ६ जनामा कोरोना देखियो , केन्द्रीय समिति बैठक अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

नेपाली कांग्रेस पार्टी कार्यालय स्रोतको अनुसार नेपाली कांग्रेसका
केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र शम्भुलाल श्रेष्ठसहित ६ जनामा कोरोना
संक्रमण देखिएको हो।

दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन थालिएको थियो। केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो।

तीमध्ये दुई जनामा कोरोना संक्रमणको रिपोर्ट आएको मुख्यसचिव कृष्णप्रसाद
पौडेलले बताए। आइतबार बिहानसम्म अन्यको रिपोर्ट आउने उनले बताए।

केन्द्रीय सदस्यहरुमा कोरोना भाइरस संक्रमण देखिएसँगै पार्टी केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।