काठमाडाैं । । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । सचिवालय बैठक आइतबार ४ बजे सम्मका लगि स्थागित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच शुक्रवार भएको छलफलपछि सचिवालय बैठक बोलाउने सहमती भएको थियो । दुवै नेताबीच मन्त्रिपरिषद पुर्नगठन र पार्टी एकतालाई पुर्णता दिनेवारेमा समेत छलफल भएको थियो । मन्त्रिपरिषदको विहिवार बसेको बैठकले राजदूत र अन्य राजनीतिक नियुक्ति गरेपछि पार्टीभित्र विवाद देखा परेको छ ।
स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद उत्पन्न भएपछि सचिवालय बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री ओलीले अमेरिकाका लागी राजदूतमा पुर्व अर्थमन्त्री युवराज खतिवडा र वेलायतको राजदूतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।
Comment