उज्वल सागरको नयाँ गीत ‘सुन्दर उडान’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक, सङ्गीतकार उज्वल सागरको स्वरमा रहेको गीत ‘सुन्दर उडान’ सार्वजनिक भएको छ।

उनको आफ्नै अफिसियल यूट्युब च्यानल ‘उज्वल सागर’बाट गीत सार्वजनिक गरिएको हो। नेपाली किशोरहरुका समस्या, भावना र मनोविज्ञानमा आधारित गीतमा साहित्यकार विजय सापकोटाको शब्द रहेको छ।

कथा, कविता, निबन्ध र बालसाहित्य लेखनमा सक्रिय सापकोटाको पछिल्लो किशोरलक्षित उपन्यास ‘उडान’मा यो गीत समावेश भएको थियो।  गीतले किशोरहरुको मनको आवाज अभिव्यक्त गरेको छ।

जिन्दगीको आफ्नै उडान खोजी गरिरहेका किशोरहरुको पक्षमा लेखिएको गीतमा भनिएको छ, ‘म चाहन्छु, मेरो पनि आफ्नै सुन्दर उडान’। आफ्नै सिर्जनात्मक शैलीमा सङ्घर्ष गर्ने र संसारलाई आफ्नै इन्द्रियले अनुभव गर्ने उत्साह भएका किशोरहरुको आग्रह छ, ‘उत्साही यी पखेँटामा भरोसाले बल देऊ’।

सङ्गीतकर्ममा सक्रिय उज्वल पछिल्लो समय सङ्गीत सिर्जना र गायन दुवै कारण दर्शक श्रोतामाझ परिचित छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।