काठमाडौं । ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।
बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत र विशेष अतिथि नुवाकोटबाटै निर्वाचित नेकपा सांसद बद्री मैनाली रहेका थिए ।
कार्यक्रममा ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा, वडा नम्वर ८ वडाध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी, रामहरी श्रेष्ठ, रामशरण भण्डारी, अरनिको टेलिभिजनका सगोत्री आचार्य, डा. राम थापा, मोहन के।सी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
फाउण्डेशनको केन्द्रीय तर्दथ समितिकी अध्यक्ष भवानी दाहालको अध्यक्षातामा सम्पन्न कार्यक्रममा भयो। कार्यक्रममा सांसद मैनालीले प्रदान गर्दै आउनुभयको आफ्नो पारिश्रमिकबाट मासिक ५ हजारका दरले प्रदान गर्न बाँकी ६ महिनाको चेकमार्फत ३० हजार रूपैँया समेत प्रदान गरेका थिए ।
मैनालीले लामिछानेको उचित व्यवस्थापन र आवास निर्माणको लागि आफ्नो प्रदेश सांसद पूर्वाधार कार्यक्रम अन्तर्गत कार्यविधि र नियमावली अनुरूप मिल्ने अवस्थामा आवास निर्माणका लागि फाउण्डेसनमार्फत १० लाख रूपैँया समेत उपलब्ध गराउने बताए ।
समाजसेवी मोहन केसीले लामिछानेको स्वास्थ्य उपचारको लागि २५ हजार रुपैयाँ चेक मार्फत प्रदान गरे ।
Comment