राप्रपा अध्यक्ष डा. लाेहनीले भने- को मन्त्री बन्ने या हट्ने भन्ने बाहेक जनताले अरू सुन्न पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले मुलुकका समस्यालाई थाती राखेर सरकार मन्त्री हेरफेरमा लागेको बताएका छन् ।

सामाजिक सञ्जालबाट अध्यक्ष डा. लाेहनीले साे कुरा बताएका हुन् ।

उनले बुधबार बिहान ट्वीट गर्दै मुलुकमा कुनै समस्या नभए जसरी हरेक दिन को मन्त्री बन्ने या हट्ने विषयले प्राथमिकता पाएको उल्लेख गरेका हुन्।

उनले सरकार पुनर्गठनको सबाललाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘महान अग्रगामी चिन्तन’ भएको भन्दै व्यंग्यसमेत गरे।

ओली-दाहालबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल चलिरहँदा डा.लोहनीले यस्तो अभिव्यक्ति आएकाे हाे।

डा. लाेहनीले ट्वीट गर्दै भनेका छन्, “यस्तो लाग्छ कि, अब नेपालमा कुनै समस्या छैन, हरेक दिन को मन्त्री बन्ने या हट्ने भन्नेमा प्रधानमन्त्रीजी र प्रचण्डजीहरूको महान अग्रगामी चिन्तन बाहेक जनताले अरू केही सुन्न पाएका छैनन्।”

उनले सरकारले जनताको समस्यालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।