काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।
मंगलबार नेप्से ७.२१ अंकले घटेर १५५३.६२ विन्दुमा कायम भएको छ । यसदिन १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ७३ लाख ५१ हजार ११ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ९ समूहको परिसूचक ओरालो लागेका छन् ।
Comment