बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको छ । 

सोमबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज तोलामा ९ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।   

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।     

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।