२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ।

उक्त मार्गअन्तर्गत व्यास नगरपालिका-१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो।

२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ।

नगरपालिकाको ११ लाख रूपैयाँ र जनसहभागिता लागत पाँच लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।