कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै मृतकको कुल संख्या ४८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका आईसीयूमा अहिले २२५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ३१ जना छन्। 

पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएकोमा १३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ७४२ जना संक्रमणमुक्त भएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।