राष्ट्रपतिबाट तीन अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्ञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संसोधन) अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

मन्त्रिपरिषद्को असोज ९ गते गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। संसद चालु नभएका कारण सरकारले अध्यादेशमार्फत अत्यावश्यक कानुन ल्याएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।