राप्रपाले असोज २१ गतेसम्ममा जिल्ला तह र भ्रातृ संगठनको समायोजन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहको समायोजन र भ्रातृ संगठनको केन्द्रीय तहहरुको समायोजन असोज २१ गतेसम्ममा गर्ने निर्णय गरेको छ।

कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो।

‘समायोजनको जिम्मेवारी सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ’ निर्णयमा भनिएको छ। पार्टीको झन्डोत्तोलन तथा चुनाव चिन्ह प्रचार अभियान केन्द्रीय स्तर, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तह र वडास्तरसम्म गर्ने निर्णय समेत राप्रपाले गरेको छ।

केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको अर्को बैठक असोज १५ गते फेरि बस्ने छ। निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि पहिलो पटक राप्रपाको कार्य व्यवस्थाको बैठक बसेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।