काठमाडौं । केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयरमा समस्या देखिएको छ ।
जसले गर्दा जनरल इन्स्योरेन्स कम्पनीले जारी गरेको आईपीओ भर्न समस्या भएको छ।
मेरो शेयरको पेज खुले पनि लगानीकर्ता पेजबाट आफ्नो खातामा लग इन हुन सकिरहेका छैनन् । जसका कारण साधारण शेयर आवेदन गर्नेदेखि दोस्रो बजारमा भएको शेयर कारोबारको राफसाफ समेत प्रभावित बनेको छ ।
मेरो शेयरको वेब पोर्टल खुले पनि लगानीकर्ताले आफ्नो विबरण राखेर लग इन गर्न खोज्दा कनेक्सन फेल भएको पपअप देखाउने गरेको छ । केहीले भने आफ्नो विबरण राखेर लगइन गरे पछि अन्य कृयाकलाप गर्ने क्रममा कनेक्सन फेलको जनाउ दिँदै सिष्टमले टास्क पुरा हुन दिँदैन ।
यसरी प्रणालीमा आएको समस्याले सक्पर्क बिच्छेद भएको जनाउ दिँदै गर्दा लगानीकर्ता भने शेयर आवेदन गर्न बाट बञ्चित भएका छन् । आइतबारदेखि नै जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरिरहेको छ ।
Comment