सिंहदरबार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिंहदरबार

झ्यालि  पिटियाे,

बाजागाजाका सुमधुर संगित सुनाईयाे,

खुबै हल्ला फिजाईयाे ,

गाउँमा सिंहदरबार हुन्छ।

यतिकै जुराईएकाे नाम रहेनछ 

सिंहदरबार ,

सिंह अर्थात अजंगकाे गर्जन,

सुन्ने बितिक्कै थरर…काप्छ मुटु,

श्वास राेकिए झै हुन्छ।

अहाे! त्याे भयानक दरबार 

जसले कति उराठलाग्दा बिरसिलाे ध्वनिले,

कानै  टट्याउने,

स्वर्णिम सपना देखाउने ,

थाङ्नामा सुताउने कृत्य गरिराख्याे।

अझै भन्दै छन् लेण्डुपहरू

हाम्राे आँखामा लाजै नमानि मुतेर,

सिंहदरबार गाँऊमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।