सार्वजनिक यातायात खुलेको १० दिनमै १ लाख ६५ हजारले उपत्यका छोडे, १ लाख ७४ हजार भित्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामोदूरीका सवारीसाधनको आवतजावत खुल्ला गरेसँगै काठमाडौं उपत्यका भित्रिने र बाहिरे यात्रुको संख्या दिनदिनै बढिरहेको छ। 

ट्राफिक प्रहरीको तथ्यांक अनुसार बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुको संख्या धेरै रहेको छ ।  

कोरोना संक्रमण सुरु भएपछि गत वर्ष चैत ११ गतेदेखि पटक–पटकको लकडाउन र निषेधाज्ञासँगै अन्तरजिल्ला सार्वजनिक सवारीको यात्रामा प्रतिबन्ध थियो । 

असोज १ गतेदेखि खुल्लागरेसँगै काठमाडौं उपत्यकामा दैनिक २० हजारको हाराहारीमा यात्रुहरु उपत्यका भित्रने गरेका छन् ।  

दशैं, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा उपत्यकाका नाकाबाट बाहिरिने र भित्रिनेको संख्या नजिक(नजिक रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार एकैदिन बढीमा २३ हजारसम्मले यात्रा गरेका छन् । १० दिनको अवधिमा९असोज १ देखि १० गतेसम्म०   १ लाख ७४ हजार ८ सय ४४ यात्रु भित्रिएका छन् भने बहिरिनेको संख्या १ लाख ६५ हजार २ सय ४६ रहेको छ । उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो । 

सरकारले सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने गरी सार्वजनिक यातायात खुला गरेपछि लामो तथा छोटो दुरीको  सवारी साधन सञ्चालन भइरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।