‘चीनले सीमा मिचेको छैन भनेर भन्नु हतारको टिप्पणी हो’ : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको विवरण आउनुभन्दा पहिले नै सीमा मिचिएको छैन भनेर धारणा सार्वजनिक गर्नु गलत भएको बताएका छन् ।

सरकारको जिल्लामा रहेका संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीको स्थलगत अध्ययन जारी रहँदै, अध्ययन पूरा गरेर सदरमुकाम फर्कनुभन्दा पहिले नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नभएको उनको भनाइ छ ।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु उचित हुने कांग्रेसले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।