सुनको मूल्य निरन्तर ओरालो, कति पुग्यो तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य केहि दिनदेखि निरन्तर ओरालो लागेको छ । 

बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा १२ सयले घटेको थियो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११२० रहेको महासंघले जनाएको छ ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।