विश्वमा एकै दिन थपिए अहिलेसम्मकै धेरै तीन लाख १३ हजार भन्दा बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थपिएको छ।

पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार २०४ संक्रमित थपिएका हुन्। 

विश्वमा कोभिड-१९ बाट  संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २७५ पुगेको छ।  

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३६ लाख ५९ हजार २१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ३५ छ। त्यसमध्ये ६२ हजार ३४६ जना गम्भीर अवस्थाका छन्। 

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ८१ हजार २१९ पुगेकाे छ। 

पछिल्लाे २४ घण्टामा थप ६ हजार २६४ जनाकाे मृत्यु भएकाे हाे। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।