मृगौला रोगबाट कसरी बच्‍ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मृगौला हाम्रो शरीरको एउटा निकै महत्वपुर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई सुद्ध बनौन निकै ठुलो भूमिका खेल्छ । त्यसका साथै शरीर भित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्धत गर्छ । यसले शरीरको रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ ।

यदि मृगौला खराब भयो भने हाम्रो शरीर भित्र विभिन्न बिषाक्ति पदार्थ जम्मा हुन्छ । यसले गर्दा हामीलाई विभिन्न रोगहरुले सताउने गर्छन् । त्यसैले हामीले सधैँ आफ्नो मृगौलालाई स्वास्थ्य राख्न ध्यान दिनुपर्छ । हाम्रो सा- सानो गल्तीले पनि मृगौलालाई असर पुर्याउन सक्छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क अनुसार नेपालमा २६ लाख मानिसमा मृगौलाको समस्या रहेको छ । ती मध्य दुई लाख ६० हजारमा गम्भीर समस्या रहेको तथा २६ हजारको मृगौला बिग्रिएको केन्द्रले जनाएको छ।

मृगौलालाई स्वास्थ्य राख्नको लागी अपनाउनु पर्ने उपायहरु यस प्रकार छन् :

१) प्रशस्त पानी पिउने 

नियमित रुपमा प्रशस्त पानी नपिउनाले सबैभन्दा पहिलो खराब प्रभाव मृगोलामा पर्छ। पानीको अभावले मृगौलाले रगत सफा गरेर अनावश्यक फोहोर शरीरबाट फ्याँक्न गाह्रो गर्छ जसको परिणाम शरीरमा विषाक्त तत्व जम्मा भई स्वास्थ्य बिर्गाने काम गर्दछ।

२) नुनको कम प्रयोग

अत्यधिक नुनको प्रयोगले रक्त्तचाप वढाउनुका साथै मृगौलामा नराम्रो दबाब पार्छ। दिनमा ५ ग्राम भन्दा वढी नुनको प्योग स्वास्थ्यको लागि हानिकारक सावित भएको छ।

३) धुम्रपान र मदिरा त्याग्ने

धुम्रपान र धेरै जाँड रक्सी सेवनले मृगौलामा थप नकारात्मक असर पार्छ। कुलतको बाटो छाडी स्वस्थ रहन सिकौं।

४) मासुको बढी प्रयोग

नियमित रुपमा बढी मासु खाने व्यक्तिको मृगौलामा नराम्रो असर पर्छ । अत्यधिा मासुको प्रयोगले थप अन्य रोगहरु निम्त्याउने गर्दछ।

५) चिया कफीको वढी सेवन

चिया कफीले शरीरमा क्याफिनको मात्रा वढाउँछ जसले मृगौलालाई भार पर्छ। यस्ता पेय पदार्थको कम सेवन गर्ने बानी बसाल्नु नै मृगौलालाई स्वस्थ राख्नु हो। 

यसैगरी जथाभावी आर्यूवेद वा एलोपेथिक औषधी, पेनकिलरको प्रयोग नगर्ने र दैनिक ब्यायाम गर्नु नै स्वस्थ र निरोगी जीवन बिताउने सुत्र हो।

मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो। मनलाई शान्त र आनन्द महसुस  गराउन एकदम धेरै जरुरी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।