पौडेलको प्रश्न : सरकार जनताको की पार्टीको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पार्टीको पेवा नभए जनताको हुने बताएका छन्। 

पौडेलले अहिले कम्युनिष्ट पार्टीले सरकार संवैधानिक परिषद् र न्याय परिषदलगायतका स्वायत्त निकायमा गर्नुपर्ने नियुक्ति आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीको निर्देशन बमोजिम गर्न कुरा आएको र यो सर्वसत्तावादको तानावाना भएको बताएका छन्।  

‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ,’ उनले भनेका छन्, ‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने  भन्ने कुरो आएको छ। यो भनेको संबैधानिक सर्बोच्चता हैन, सर्वसत्तावाद तिरको तानावाना हो।’  

पौडेलले देश  र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।