काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ९५ हजार ५ सय रहेकोमा आज १२ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा १७ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११९० रहेको महासंघले जनाएको छ ।
Comment