आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। असोज २४ गतेका लागि तय भएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले स्थगित गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले निर्धारित निर्वाचन स्थगितको निर्णय गरेको हो। 

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिमको कारण जनाउँदै निर्वाचन स्थगित  गरिएको बताइएको छ। निर्वाचनको नयाँ मितिबारे केही निर्णय गरिएको छैन। 

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। 

शेर्पाको हिजो निधन भएको थियो। उनको भोलि अन्त्येष्‍टिको तयारी गरिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।