दोहा, कुवेत र रियादको लागि नियमित उडान तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नियमित उडान रोकिएको दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने भएको छ । 

सरकारले अन्य मुलुकमा नियमित उडान खुल्ला गरेपनि  नेपालीहरुको रोजगारको गन्तब्य खाडी मुलुक दोहा, कुवेत र रियादको लागि नियमित उडान सुचारु गरेको थिएन् । 

पीसीआर जाँच सहज नभएको भन्दै यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने  जानाकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिएको हो ।  

१ अक्टोवर (१५ असोज) बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । 

थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।

कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडान पाएको छ । 

अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।

यस्तो छ तालिका


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।