सुन,चाँदीको भाउ बढ्यो , कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । अघिल्ले दिनको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ महँगिएर ९६ हजार ७ सय पुगेको छ ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।